Mano Atlasमनो एट्लास
A plain-language map of mental disorders, open to anyone learning — DSM-5 diagnostic criteria, teaching diagrams, international examples, and the Nepali context for each. Topics from the CTEVT Psychosocial Counselor curriculum carry a small tag, so counselling students can see at a glance what is examinable.
जो कोहीका लागि मानसिक विकारहरूको सरल-भाषा नक्सा — DSM-5 निदान मापदण्ड, चित्रहरू, अन्तर्राष्ट्रिय उदाहरण र नेपाली सन्दर्भसहित। सीटीईभीटी मनोसामाजिक परामर्शकर्ता पाठ्यक्रमका विषयमा सानो चिन्ह छ — परामर्श-विद्यार्थीले परीक्षामा के आउँछ, एकै नजरमा देख्न सक्छन्।
If you or someone near you is struggling right now: in Nepal, call the National Suicide Prevention Helpline 1166 (Mental Hospital, Lagankhel) or the TUTH mental-health hotline 1660 012 1600; in an emergency dial 112 or 100. This site is for learning — it cannot replace a person who can help.
तपाईं वा नजिकको कोही अहिले नै संकटमा हुनुहुन्छ भने: राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ (मानसिक अस्पताल, लगनखेल) वा टिचिङ अस्पतालको हटलाइन १६६० ०१२ १६०० मा फोन गर्नुहोस्; आपतकालमा ११२ वा १००। यो साइट सिक्नका लागि हो — सहयोग गर्ने मान्छेको ठाउँ यसले लिन सक्दैन।
The DSM-5 map — where everything livesDSM-5 नक्सा — के कहाँ पर्छ
DSM-5 organises mental disorders into about twenty chapters, ordered roughly by the age at which they typically first appear. Colour marks the categories this atlas covers in depth; the tag on each cell shows whether it sits inside the CTEVT PSC curriculum.
DSM-5 ले मानसिक विकारहरूलाई करिब बीस अध्यायमा बाँड्छ — प्रायः जुन उमेरमा पहिलो पटक देखा पर्छ, त्यही क्रममा। रङले यस एट्लासले गहिराइमा समेट्ने वर्गहरू देखाउँछ; प्रत्येक कोठाको चिन्हले त्यो सीटीईभीटी पाठ्यक्रमभित्र पर्छ कि पर्दैन भन्ने देखाउँछ।
For CTEVT PSC exam takers: if a paper asks you to list the types of mental illness, give the curriculum's own answer first — anxiety, depression, conversion disorder, psychosis, plus child mental illness — and only then add breadth. Breadth after accuracy, never instead of it.
सीटीईभीटी परीक्षार्थीका लागि: परीक्षामा मानसिक रोगका प्रकार सोधिए, पहिले पाठ्यक्रमकै उत्तर दिनुहोस् — चिन्ता, उदासी (डिप्रेसन), कन्भर्सन विकार, मनोविकृति, र बालबालिकाको मानसिक समस्या — त्यसपछि मात्र थप विस्तार गर्नुहोस्। शुद्धता पहिले, विस्तार पछि।
Pick one, not all — these are chosen to be light, not exhaustive.सबै होइन, एउटा रोज्नुहोस् — यी हल्का, सजिला स्रोत हुन्।